नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपाल ७२ रनले पराजित भयो । जितका लागि १४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले ओभरमा १३ ओभर ५ बलमा ६८ रनमात्र बनाउन सक्यो । कप्तान ईन्दू बर्मा भने घाइते भएर बाहिरिनु पर्यो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर बिन्दू रावल र रोमा थापाले समान १४ रन बनाए ।
यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए ।
यो हारले नेपाल समूहको चौथो स्थानमा रहेर बाहिरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
जारी प्रतियोगिता...
दसैँलगत्तै एनपिएल, त्रिवि क्रिकेट मैदानको तयारी तीव्र
काठमाण्डौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। प्रतियोगिता चाडपर्वको समयमा आयोजना हुँदा दर्शक प्रभावित हुन सक्ने आकलन भए पनि,...
एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...
स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका
काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको...



