बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो

Main News Image

काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । 

त्रिवि क्रिकेट मैदानमा नेपाल ७२ रनले पराजित भयो । जितका लागि १४१ रनको चुनौती पछ्याउने क्रममा नेपालले ओभरमा १३ ओभर ५ बलमा ६८ रनमात्र बनाउन सक्यो । कप्तान ईन्दू बर्मा भने घाइते भएर बाहिरिनु पर्यो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर बिन्दू रावल र रोमा थापाले समान १४ रन बनाए ।   

यसअघि टस हारेर स्कटल्याण्डले सबै विकेट गुमाएर १४० रन बनायो । प्रियनाज चटर्जीले २८ बलमा अविजित रहँदै ४५ रन बनाइन् ।  नेपालका लागि मनिषा उपाध्यायले १७ रन खर्चेर ४ तथा रुबिना क्षेत्रीले २३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १ विकेट लिए । 

यो हारले नेपाल समूहको चौथो स्थानमा रहेर बाहिरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्ता...

एक्सनमा उत्रियो इजिप्ट, अर्जेन्टिना विरुद्धको खेलका रेफ्रीलाई विश्वकपबाट हटाउन माग !

काठमाण्डौँ । विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ आक्रामक रूपमा एक्सनमा उत्रिएको छ ।

मैदानभित्रको नतिजालाई भिडियो असिस्टेन्ट रेफ्री भीएआरको विवादास्पद निर्णयले उल्ट्याएको भन्दै...