सोमबार, १८ जेठ २०८३
नेपाली

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

Main News Image

काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । 

यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भईसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अव अन्तिम खेलमा भोलि सामोआसँग खेल्नेछ ।

mediabaaji add

सम्बन्धित खबर

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुर...

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...

एनपीएल क्रिकेट: चार टोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...

नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा हुँदैछ । यो खेलमा नेपालले...

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोल...