नेपाल ए ले आज तास्मानियासँग एकदिवसीय खेल खेल्दै
काठमाडौँ । अस्ट्रेलिया रहेको नेपाल ए टिमले तीन एक दिवसीय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले ए ले आज तास्मानियासँग खेल्दैछ भने सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।
नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो । नेपाल ए टिममा अनिलकुमार साह कप्तान, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण
काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...
सुदूपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । लुम्बिनीक...
आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।
...
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड
काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...
हैदराबादसँग चेन्नई १० रनले स्तब्ध, हारको चौकासँगै अंक तालिकामा धक्का
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा साविक विजेता चेन्नई सुपर किंग्सको सङ्घर्ष जारी रहेको छ। शनिबार राति राजीव गान्धी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले चेन्नईलाई १० रनले पराजित गर्दै स्तब्ध बनाएको हो। यो हारसँग...
क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।



