नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह ज्यूको सभापतित्वमा औपचारिक कार्यक्रम पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो र उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ज्यूले जीवन बीमा ब्यवसाय दिन प्रति दिन प्रतिष्पर्धात्मक हुँदै गइरहेको हुँदा यसमा हामी सबैले सोही अनुसार आफूलाई तयार गरी ब्यवसाय प्रवर्धन गर्नुपर्ने चुनौति रहेको र यसका लागि आवश्यक तालिम प्रशिक्षण प्रदान गर्न कम्पनी संधै अग्रसर रहेको र यसै सम्बन्धमा अहिले विश्व भर चर्चित रहेको र खास गरी जीवन बीमामा ठूलो योगदान पु¥याउने संभावना रहेको आर्टिफिसियल इण्टिलिजेन्स (ब्क्ष्) सम्बन्धमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरी कम्पनीको डिजिटल मार्केटिङलाई प्रवद्र्धन गर्ने तर्फ प्रयासरत रहनु पर्ने बिचार व्यक्त गर्नु भयो ।
कम्पनीले निरन्तर रुपमा आफ्नो कर्मचारीका लागि मानव संसाधनमा यथासंभव लगानी गरेर उनीहरुको वृत्ति बिकासमा योगदान पु¥याइ रहेको र आउने दिनहरुमा पनि यो कायम रहने जानकारी गराउनु भयो । आगामी दिनमा पनि कर्मचारीहरुको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक उचाई थप बृद्धि हुने विश्वास उहांले व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री ज्यूले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा, नयाँ आर्थिक वषर््ाको सुरुवातसंगै एउटा नयाँ यात्रा, नयाँ संकल्प र नयाँ अवसरको सुभारम्भमा एक जुट भएर उभिएका र यो केवल क्यालेण्ड परिवर्तन भएको दिन मात्र नभई सोच, प्रतिवद्धता र भविष्यलाई अझ उचाईमा पु¥याउन प्रण गर्ने शुभ अवसर रहेको बताउनु भयो ।
सम्मेलनमा कम्पनीका विभागीय प्रमुखहरु सहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो र नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक श्री शम्भराज लामिछाने ज्यूले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो । जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उहाँले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरू यस विषयमा विशेष चनाखो र जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै गरी कर्मचारीहरुलाई प्रविधिमा समेत अब्बल बनाउने उदेश्यले आर्टिफिसियल इण्टिलिजेन्स (ब्क्ष्) सम्वन्धि प्रशिक्षक श्री विश्वराज पौडेलले विशेष प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले एआईका विभिन्न टुल्सहरुको बारेमा जानकारी दिनु हुँदै एआईलाई प्रयोग गरी बीमा व्यवसायलाई डिजिटल माध्यामबाट प्रभावकारी मार्केटिङ कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
त्यस्तै, प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती सामना गर्दै व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आउनुभएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गर्दै बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२÷८३ मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय, यसैगरी अधिकतम प्रथम बीमाशुल्क संकलनमा, अधिकतम सक्रिय अभिकर्ता उत्पादन र अधिकतम बीमालेख संख्याको आधारमा उत्कृष्ट तीन शाखा कार्यालय लगायत चेयरपर्सन क्लब योजना र सिइओ क्लब योजनामा सबै भन्दा धेरै अभिकर्तालाई छनौट गराउन सफल उत्कृष्ट एक÷एक शाखा कार्यालयहरुलाई कम्पनीका अध्यक्ष ज्यूले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
सम्मेलनमा कर्मचारीहरूको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीहरूको सहभागीतामा ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता तथा म्यूजिकल चेयर जस्ता खेल सञ्चालन गरिएको थियो । खेल प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीहरूलाई प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री ज्यूले पुरस्कार प्रदान गर्नुभएको थियो ।
चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३...
सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।
<...अब नागढुंगा सुरुङमार्ग सञ्चालन हुने
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
२०७६ कात्तिकमा...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...
चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे
काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...



