नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
सो समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे साथै उनले नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गर्नुभयो । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामग्री वितरण सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको बताए ।
कार्यक्रममा खत्रीले विभिन्न क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरू आयोजना गराएका थिए ।
मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूले विविध खेलकुदमा विजेता कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...
घरजग्गा कारोबारबाट माघमा उठ्यो पाँच अर्ब राजस्व
काठमाण्डौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने...
काठमाडौँका विभिन्न स्थानबाट नाबालिकामाथि यौनशोषणमा संलग्न ५ जना पक्राउ
काठमाडौँ— नाबालिकालाई जबर्जस्ती यौनशोषणको कार्यमा लगाउने कसुरमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथ...
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई अविलम्ब हटाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री...



