सोमबार, १९ असोज २०८३
नेपाली

नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न

Main News Image

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

सो समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे साथै उनले नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गर्नुभयो । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामग्री वितरण सहित त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा  कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको बताए । 


कार्यक्रममा खत्रीले विभिन्न क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरू आयोजना गराएका थिए । 

मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूले विविध खेलकुदमा विजेता कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघले जारी गरेको विज्ञप्तिमा वन क्षेत्रका कर्मचारी, प्राविधिक तथा संरचनागत व्यवस्थापनमा देखिएका कमजोरी...

पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...

पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री

काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...

देउवा समूह समानान्तर महाधिवेशनमा, सभापतिकै हैसियतमा देउवाको अपिल

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनमा होमिएको छ । देउवा समूहले १५ औँ महाधिवेशनका नाममा आज असोज १५ गते वडा अधिवेशन गर्दै छ । निवर्तमान सभापति देउवाले सभापितकै हैसियतमा पार्टीको १५औँ महाधिवेशनअन्तर्...

आजदेखि सरकारी कार्यालय समय घट्दै !

मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ । 

भैरमपुरमा बाह्र घर जलेर खरानी

काठमाडौँ ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट घरभित्र रहेका जिन्सी स...