नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
नेपालगञ्ज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रमको समुद्घाटन अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहज्यूले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै अध्यक्षज्यूले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताउनुभयो । कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने उहाँको भनाइ थियो । सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवाड –२०८३’ छनौट हुने कर्मचारी शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्षज्यूले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बेस्ट इम्प्लोई अवार्ड प्राप्त गर्ने कर्मचारीहरुलाई अध्यक्षज्यूले बधाई दिनुहुँदै अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीज्यूले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यको क्रममा, उहाँले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएको उल्लेख गर्नुहुँदै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने, संस्थाका नीति, नियमको पालना तथा कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने र ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने उहाँको भनाइ थियो ।
सो अवसरमा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेज्यूले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने बताउनु भयो यसैगरी अर्का प्रशिक्षक विश्वराज पौडेलज्यूले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो भने प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने महत्वपूर्ण भूमिका को बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा, कर्मचारीहरूको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिलाई लक्षित गरी अतिरिक्त क्रियाकलाप पनि समावेश गरिएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत कम्पनीको सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक (ड्रामा) प्रस्तुत गरेका थिए । यसैगरी विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारी बीच परीक्षा सञ्चालन गरिएको थियो । त्यस्तै अन्तर कर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वार लगायतका खेल समावेश गरी खेलकुद प्रतियोगिता पनि संचालन गरिएको थियो । विजयी टीम र खेलाडीलाई कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै गरी कार्यक्रमको अन्तिम दिन कर्मचारीहरुलाई रिफ्रेसमेण्टका लागि कर्णाली चिसापानीको भ्रमण पनि गराईएको थियो ।
यस चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्...
हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २...
भारत र न्युजिल्याण्डबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
काठमाडौँ । भारत र न्युजिल्याण्डबीचको द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि एक नयाँ अध्याय शुरू भएको छ । दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै व्यापार, लगानी र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन ल्याउने अ...
नबिल बैंकले चिनियाँ अदालतमा भएको त्रिशूली जलविद्युतको मुद्दा जित्यो
काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चार वटा बैंक ग्यारेन्टीबापत ७४...
प्रतिकित्ता १३५ रुपैयाँमा नै मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्य...
आईपीओ निष्कासनमा कडाइ, नेटवर्थ १०० रुपैयाँभन्दा कम भए अनुमति नपाइने
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ स्वीकृतिको मापदण्ड थप कडा बनाउने तयारी गरेको छ। बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सार्वजनिक गर्दै प्रतिशेयर अंकित मूल्यभन्दा...



