घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चाप बढेको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष छन्। दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले बताए।
नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेसँगै सवारी आवागमन व्यवस्थित बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित
काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ ।
नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्...
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार
काठमाडौँ । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबा...
रातो मच्छिन्द्रनाथको रथ ठटीटोल पुर्याइयो, आज साँझ ‘नरिवल खसाल्ने जात्रा’
काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ । रथ यात्राको निर्धारित तालिकाअनुसार भक्तजन र जात्राका सहभागीहरूले उत्साहपूर्वक रथ तानेर ठटीटोल पुर्याएका हुन् ।
रथ ठट...
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...



