सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६ सय भन्दा बढी जनशक्ति
काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिए । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
गौरमा पुनः निषेधाज्ञा जारी
रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८...
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...
७ वर्षपछि दुर्घटना होइन, हत्या पुष्टि : श्रीमतीसहित ३ जना पक्राउ
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा ७ वर्षअघि ‘सवारी दुर्घटना’ भनिएको एक घटनाको वास्तविकता अहिले खुलेको छ । प्रहरी अनुसन्धानले सो घटना योजनाबद्ध हत्या भएको पुष्टि गर्दै मृतककी श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको छ । २०७६...
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...



