सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६ सय भन्दा बढी जनशक्ति
काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिए । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्पत्ति शुद्धीकरण मुद्दामा ‘चक्रे मिलन’ले पाए सर्वोच्च अदालतबाट सफाइ
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ ‘चक्रे मिलन’लाई सर्वोच्च अदालतले सफाइ दिएको छ । विशेष अदालतले यसअघि गुरुङको पक्षमा गरेको सफाइको फैसलालाई चुनौती दिँदै सरकारले दायर गरेको पुनरावेदन निवेदनल...



