बुधबार, २८ असोज २०८३
नेपाली

औसतमा आज बाहिरिनुपर्ने थियो मनसुन , तर अझै केही दिन लाग्ने अनुमान

Main News Image

१६ असोज, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज, अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर औसत मिति भएकाले हरेक वर्ष यही दिन मनसुन बाहिरिन्छ भन्ने हुँदैन । मौसमको अवस्था हेरेर केही दिनअघि वा पछि मनसुन बाहिरिने गर्छ । यस वर्ष भने नेपालबाट मनसुन औसत समयभन्दा केही ढिला बाहिरिने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तत्काल मनसुन बहिर्गमनसम्बन्धी औपचारिक बुलेटिन जारी हुने सम्भावना छैन ।

उनका अनुसार अब एक–दुई दिनभित्र पश्चिम नेपालबाट मनसुन बाहिरिएको घोषणा गर्न सकिनेछ । त्यसपछि क्रमशः अन्य क्षेत्रबाट पनि मनसुन हट्दै जानेछ । नेपालबाट मनसुन एकैपटक सम्पूर्ण रूपमा बाहिरिने गर्दैन । पश्चिमी भूभागबाट सुरु हुने बहिर्गमन क्रमशः पूर्वतर्फ सर्दै कोसी प्रदेश हुँदै देशबाट पूर्ण रूपमा बाहिरिन्छ । यसका लागि केही दिन समय लाग्ने मौसमविद् अधिकारीले बताएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

च्याउ किसान संघ काठमाडौँको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत

काठमाडौँ , मंसिर ११। च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ...

भोटेकोशीमा फेरि बाढी : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ । बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

रसुवाका सहायक प्रमुख...

इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव

काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...

लाइसेन्सको विवरण अब विभागको फेसबुकमा

काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका ला...

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...

कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु

काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।

पछि...