माइतीघरमा मिराज समूहको प्रदर्शन, केही पक्राउ
काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको समूहले माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनबाट केही युवा पक्राउ परेका छन् । प्रहरीले रविकिरण हमालसहितका ५ जनालाई नियन्त्रणमा लिएको हो । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि केही जेनजी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थिय...
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
काठमाडौँ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई पर...
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै...



