शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थियो । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न आयोगलाई आग्रह गरेकी थिइन् । मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई मध्यनजर गर्दै समयावधि थप गर्न सरकारले आग्रह गरेको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारबाट अनलाइनबाट पनि नाम दर्ता गराउनेको संख्या उल्लेख्य रहेको आयोगले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिबाट भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरव शम्शेर जबरा, जर्मनीका लागि सरू जो...

२० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयद्वारा सर्वसाधारणसँग राय र सुझावको आह्वान

काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय, सुझाव माग गरेको छ .

मन्त्रालयले देशमा प्रचलित विभिन्न २० वटा महत्त्वपूर्ण ऐनहरूको संशोधन प्रस्...

दुई तिहाइको बाटोमा रास्वपा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर बलियो अग्रता बनाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा १०२ क्षेत्रमा रास्वपा अगाड...

सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिको सहमति दिइएको हो ?

काठमाडौँ । नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गर्दै आएको ‘ग्रिन आर्मी नेपाल’को वैधानिकतामाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ । अदालतले संस्थाको दर्ता, सञ्चालन तथा सैन्य प्रकृतिको गतिविधिबारे सरकारसहित सम्बन्ध...

कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...

बालेनसँग हारेपछि लौरो चिन्ह लिएरै दोस्रो भएका सुमन सायमी प्रचण्डको पार्टीमा

काठमाडौँ । अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएका र प्रतिनिधि सभामा काठमाडौं ८ मा दोस्रो भएका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचनके केही समयअघि उनी नेकपामा जान लागेका हुन् । 

सायमी...