बिहिबार, १२ कात्तिक २०८३
नेपाली

मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । कुलमानकै पहलमा नेपाल लोडसेडिङमुक्त भएको थियो ।

‘दिपावलीको दिन ९ वर्ष अगाडी लोड सेडिङ अन्त्यको सुरूवाती दिन भएकोले हामी सबैको लागि अझ विशेष दिन बन्न गएको छ’ उनले लेखेका छन्, ‘२०७३ सालअघि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो, जब म नेपाल विद्युत प्राधिकरणमा आबद्ध भएँ, २०७३ साल तिहारको लक्ष्मीपूजा दिनदेखि काठमाडौंमा मैले लोडसेडिङमुक्त घोषणा गरेँ ।’ घिसिङ सामाजिक सञ्जालमा लेख्छन्, ‘२०७३ साल अन्त्यतिर नेपालभरी नियमित लोडसेडिङ अन्त्य भयो । आज ९ वर्ष भयो्, देश अन्धकारबाट उज्यालो तर्फ लागेको, सम्पूर्ण नेपाली जनता, देशवासीलाई आज पर्न गएको दिपावलीको मंगलमय शुभकामना।’

यस्तै, उनले लक्ष्मीपूजाको राति काठमाडौंको झिलिमिली तस्बिर राख्दै भनेका थिए, ‘जति रात छिप्पिँदै गयो त्यति नै, बिजुलीको चमक र झिलिमिली ।’
लक्ष्मी पूजाको साँझ कात्तिक ३ गते साँझ ६ः५० बजे देशभर विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । सो समयमा नेपालबाट १०१५ मेगावाट विद्युत निर्यात गरिएको थियो । यसरी, आन्तरिक माग र निर्यात गरी कुल विद्युत उत्पादन २६६५ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।

विगतका वर्षमा पर...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...

नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय

काठमाडौँ । सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्या...

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा र योमरी पुन्हि पर्व

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष...