बिहिबार, १२ कात्तिक २०८३
नेपाली

मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । कुलमानकै पहलमा नेपाल लोडसेडिङमुक्त भएको थियो ।

‘दिपावलीको दिन ९ वर्ष अगाडी लोड सेडिङ अन्त्यको सुरूवाती दिन भएकोले हामी सबैको लागि अझ विशेष दिन बन्न गएको छ’ उनले लेखेका छन्, ‘२०७३ सालअघि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो, जब म नेपाल विद्युत प्राधिकरणमा आबद्ध भएँ, २०७३ साल तिहारको लक्ष्मीपूजा दिनदेखि काठमाडौंमा मैले लोडसेडिङमुक्त घोषणा गरेँ ।’ घिसिङ सामाजिक सञ्जालमा लेख्छन्, ‘२०७३ साल अन्त्यतिर नेपालभरी नियमित लोडसेडिङ अन्त्य भयो । आज ९ वर्ष भयो्, देश अन्धकारबाट उज्यालो तर्फ लागेको, सम्पूर्ण नेपाली जनता, देशवासीलाई आज पर्न गएको दिपावलीको मंगलमय शुभकामना।’

यस्तै, उनले लक्ष्मीपूजाको राति काठमाडौंको झिलिमिली तस्बिर राख्दै भनेका थिए, ‘जति रात छिप्पिँदै गयो त्यति नै, बिजुलीको चमक र झिलिमिली ।’
लक्ष्मी पूजाको साँझ कात्तिक ३ गते साँझ ६ः५० बजे देशभर विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । सो समयमा नेपालबाट १०१५ मेगावाट विद्युत निर्यात गरिएको थियो । यसरी, आन्तरिक माग र निर्यात गरी कुल विद्युत उत्पादन २६६५ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै महानगरपालिका

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।

आयोजनाका इञ्जिनियर स...

पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ

काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...

त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत

काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन ३ गते आइतबार सन् २०२६ जुलाई १९ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल...

रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ ।

शुक्रबार एक...

ललितपुरका सडक फूलले सजाइने

ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरप...