मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी संगठन खारेज !
मिडियाबाजी डटकम,काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ।
संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ।
उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण रूपमा राजनीतिक प्रभावमुक्त बनाउँदै शैक्षिक उन्नयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरिएको छ। संगठन विघटनपछि अब विश्वविद्यालयमा शान्त, स्वस्थ र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ। त्यसैगरी, वक्तव्यमा सम्बन्धित निकायहरूलाई सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकताबद्ध भएर योगदान गर्न अपिल गरिएको छ। सरकारको यो निर्णयले अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिकाबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्...
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट
- सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधाम...
प्रतिनिधि सभा बैठक बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
काठमाण्डौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त...
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस-एमालेसँग सहकार्य हुन सक्दैन
काठमाडौँ । दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ। सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको...
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन्। छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी क...
कानुनविद्हरूसँग राष्ट्रपति जुटे छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल थालेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा कानुनविद्हरूसँग राष्ट्रपतिको छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।



