शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

महाधिवेशन प्रतिनिधि छनौटको विषयमा एमाले नेताबीच कुटाकुट

Main News Image

  • सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर नेताहरूबीच कुटाकुट भएको छ । पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि एमालेकै अर्को समूहले कुटपिट गरेको खुलेको हो । युवा संघ कोसी इञ्चार्ज दिवस राई र अनिल राजधामीले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ।
  • एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ । कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्। घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पुर्‍याएको भन्दै कडा आपत्ति जनाएका छन्।
  • एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौंमा हुँदै छ । महाधिवेशनका लागि प्रतिनिधि छनौट कहीँ सर्वसम्मत र कहीँ प्रतिस्पर्धाबाट भइरहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो

काठमाण्डौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ । ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्ध...

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी द...

उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली

काठमाडौँ । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् । मंगलबार हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी, केपी शर...

आत्मसमीक्षा गरेर एकतामा आउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।

विप्लव नेतृत्वको पार्...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरे...

राष्ट्रपतिबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमो...