मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी संगठन खारेज !
मिडियाबाजी डटकम,काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ। उक्त निर्णयप्रति समर्थन जनाउँदै मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आफूलाई औपचारिक रूपमा विघटन गरेको घोषणा गरेको छ।
संगठनका संयोजक सन्देश शाहीद्वारा जारी प्रेस वक्तव्यमा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। वक्तव्यमा सरकारको निर्णयलाई “स्वागतयोग्य र सकारात्मक कदम” भन्दै लामो समयदेखि विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप, शक्ति प्रदर्शन तथा अस्वस्थ प्रतिस्पर्धाले शैक्षिक वातावरणमा नकारात्मक असर पार्दै आएको उल्लेख गरिएको छ।
उक्त निर्णयसँगै मध्यपश्चिम विश्वविद्यालय परिसरलाई पूर्ण रूपमा राजनीतिक प्रभावमुक्त बनाउँदै शैक्षिक उन्नयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरिएको छ। संगठन विघटनपछि अब विश्वविद्यालयमा शान्त, स्वस्थ र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ। त्यसैगरी, वक्तव्यमा सम्बन्धित निकायहरूलाई सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकताबद्ध भएर योगदान गर्न अपिल गरिएको छ। सरकारको यो निर्णयले अन्य विश्वविद्यालयहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिकाबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
गंगा दाहालले राजीनामा दिँदै भनिन् : प्रचण्ड, पार्टी र आन्दोलनको हित होस्
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्डकी छोरीसमेत रहेकी गंगाले सोमबार बिहान सामाजिक सञ्जालमार्...
महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा के...
सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएकी छन् । सोमबार सिंहदरबारमा सवै मन्त्री र सचिवहरुस...
अवैध खानी–क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन
काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुगेका छन् । उनले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका माप...
छानबिन समितिमा बयान दिन लुरुलुरु जान्नँ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयान दिन नजाने स्पष्ट पारेका छन् । आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले छानबिन समितिमा बोलाइए पनि सहजै प्...
सर्वोच्चको आदेश उल्लंघन गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः पत्र पठायो
काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः स्वदेश फर्कन पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार सबै राजदूतलाई काठमाडौँ उपस्थित भई मन्त्रालय मातहत काम गर्न निर्देशन दिँदै...



