ओली-प्रचण्डबीच भेटवार्ता, निर्वाचनमा गठबन्धन गर्ने विषयमा छलफल
काठमाडौँ । मुलुक निर्वाचनमा होमिएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुन थालेको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । ललितपुरको एक घरमा दुई नेताबीच छलफल भएको हो। सो छलफलमा राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा घोषित प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रियसभा निर्वाचन माग ११ मा हुँदैछ। यो निर्वाचनमा मुख्यगरी तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रतिस्पर्धा हुँदैछ। एक्ला एक्लै चुनावमा जाँदा सोचे अनुरुप परिणाम नआउने भएपछि दलहरुबीच सहकार्यको खोजी भइरहेको छ।
यसैगरी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा पनि दलहरुले छलफल सुरु गरेका छन्। जेनजी आन्दोलनपछि रक्षात्मक बनेका पुराना दलहरु गठबन्धन गरेर चुनावमा जाने वातावरणको खोजीमा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि जेन-जी आक्रोशित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन नपाएपछि बिभिन्न जेनजी युवा समूहहरु आक्रोशित भएका छन् । प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा प्रधानमन्त्री कार्कीलाई ज्ञापत्र प...
संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सुरक्षा अवस्था विचार गरी जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री सुशीला कार्की...
निर्वाचन आयोगको सही प्रावधान : भ्रष्टाचारी र गम्भीर अपराधीलाई संसद् छिर्ने बाटो बन्द
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको योग्यता र अयोग्यताका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था सार्वजनिक गरेको छ। जसअनुसार सरकारी कोषबाट पारिश्रमिक पाउने वा अनुदान प्राप्त संस्थामा कार्यर...
ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र अहंकार भएको आरोप लगाएका छन्। बुधबार महोत्तरीको...
भारतका लागि अमेरिकी राजदूत काठमाडौं आउँदै
काठमाडौँ । अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमणको सिलसिलालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आइपुग्दैछन् ।
दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको...
नयाँ संसद भवन अझै अधुरै, कहाँ बस्छ प्रतिनिधि सभाको बैठक ?
काठमाडौँ । निर्माणाधीन नयाँ संसद भवनको मुख्य सभाकक्ष समयमै तयार हुन नसकेपछि प्रतिनिधि सभाका आगामी बैठकहरू सोही परिसरमा रहेको बहुउद्देश्यीय हल मा सञ्चालन गरिने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आन्दोलनका क्रममा आगजनी भएपछि सिर्जना भएको बैठक कक...



