बुधबार, ११ कात्तिक २०८३
नेपाली

विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान

Main News Image

काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई पछि पार्दै यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। एमबाप्पेले विश्वकपको नकआउट चरणमा मात्र १० खेल खेल्दै ११ गोल गरिसकेका छन्। यसअघि यो कीर्तिमान ब्राजिलका लिजेन्ड खेलाडीहरू रोनाल्डो नाजारियो र लियोनिदासको नाममा संयुक्त रूपमा समान ८,८ गोल रहेको थियो।

२७ वर्षीय एमबाप्पेले विश्वकपका विभिन्न बलिया टोलीहरूविरुद्ध नकआउट चरणमा आफ्नो कडा प्रभाव छोडेका छन्। उनले अर्जेन्टिना विरुद्ध कुल ५ गोल गरेका छन्, जसमा सन् २०१८ को राउन्ड अफ १६ मा २ गोल र २०२२ को ऐतिहासिक फाइनल खेलमा गरेको सनसनीपूर्ण ह्याट्रिक ३ गोल सामेल छ। यसका साथै उनले सन् २०२२ को राउन्ड अफ १६ मा पोल्याण्ड विरुद्ध २ गोल, सन् २०२६ को जारी विश्वकपको राउन्ड अफ ३२ मा स्वीडेन विरुद्ध २ गोल, सन् २०१८ को फाइनलमा क्रोएसिया विरुद्ध १ गोल र सन् २०२६ को राउन्ड अफ १६ मा पाराग्वे विरुद्ध पेनाल्टी मार्फत १ निर्णायक गोल गरेका छन्।


mediabaaji add

सम्बन्धित खबर

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्...

एनआरएनए अमेरिका बोल्यो : मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका एनआरएनए अमेरिकाले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ । संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवर...

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

घोषित टोल...

भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित

काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क...

महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुर...