बिहिबार, १२ कात्तिक २०८३
नेपाली

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

Main News Image

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार, सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भएपनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ। माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो। यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो।

आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो। बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र बर्षमान पुन सहभागी थिए।

 

mediabaaji add

सम्बन्धित खबर

सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

जनकपुर । नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने...

रवि–बालेन सहमतिबाट किन बाहिरिए कुलमान ?

काठमाडौँ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनमा मिलेर जाने सम्भावना खोज्न छलफल सुरु भयो । छलफलमा प्रवेश गरे, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने । छलफल सुरुमा ब...

सहयोग उठाएर पत्नीको उपचार गर्दै झलनाथ, ओलीले दिएका थिए ३० लाख

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचार विभिन्न व्यक्तिहरूले गरेको सहयोगबाट गरिरहेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घरमा आगजन...

राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वद...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी घोषणा सभामा को को पुगे ?

काठमाडौँ । आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा जारी छ । उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।

तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य सकिन्छ : बर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण...