आइतबार, १५ कात्तिक २०८३
नेपाली

तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य सकिन्छ : बर्षमान पुन

Main News Image

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जानेगरि निर्वाचन गर्ने म्याण्डेडसहित वर्तमान सरकार गठन भएको भन्दै फागुन २१ गते निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन्।

तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरुको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे । उनले सरकार र जेनजीबीच भएको १० बुदे सहमतिमा केहि कुरा राम्रा र केहि कुरा सरकारको म्याण्डेडभन्दा बाहिर रहेको बताए ।

mediabaaji add

सम्बन्धित खबर

जनप्रतिनिधि निर्वाचन प्रचारमा सहभागी भए कारवाही

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी भए कारवाही हुने चेतावनी दएको छ । आयोगले प्रचारप्रसारमा सहभागि नहुन आग्रह गर्दै यस्तो चेतावनी दिएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता,...

पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएको छ । उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई गत असोज २ गते प्रधानमन...

बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा पौडेललाई राजनीतिक प्रतिशोध साँध्न कुन...

गृहमन्त्री गुरुङ अचानक विराटनगरमा

विराटनगर । गृहमन्त्री सुदन गुरुङ सिमा क्षेत्रको सुरक्षा अवस्था र छड्के अनुगमनका लागि शनिबार अचानक विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजबाट शनिबार बिहान ११,०७ बजे मन्त्री गुरुङ कुनै पनि औपचारिक कार्यक्रमविनौ पर्यटकको भेषमा विराटनगर विमानस्थलमा ओ...

बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा ता...