महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन् । शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै अव जनता नझुकिने जिकिर गरेका हुन् । बस्नेतले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ।’
उनले आफूले तीन वर्ष अगाडि बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा गाली गर्नेहरुले अहिले ठिकै भनेको बताए । ‘तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् “तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ,’ उनले लेखेका छन् । उनले थोरै मान्छेलाई धेरै समयसम्म र धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिने भन्दै बालेनले अब झुकाउन नसक्ने पनि बताए । ‘भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन। बालेन शाहले अब जनता झुकाउने दिन सकिएका छ,’ उनले लेखेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावमा मुख्य चुनौती : लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग
काठमाण्डौा । लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभाको निर्वाचन सुरक्षाको मुख्य चुनौती रहेको एक अध्ययनले देखाएको छ । नेपाल कानुन समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा निर्वाचन सुरक्षाको प्रमुख चुनौतीका रुपमा स...
मुख्यमन्त्री यादवद्वारा मधेशवादी दल र नेताको उक्साहटमा नलाग्न प्रदेशवासीलाई आग्रह
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्य...
पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । माघ २६ गते बसेको केन्द्रीय समिति बैठकले शर्मालाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको हो । निर...
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ। कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई ग...
रविलाई अर्को राहात : थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो...
चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधिसभा बैठक असार ११ सम्म स्थगित
काठमाडौँ । प्रतिनिधिसभाले चार वटा अध्यादेश स्वीकृत गरेको छ। शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशलाई स्वीकृति दिएपछि अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित...



