बुधबार, ११ कात्तिक २०८३
नेपाली

महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो

Main News Image

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन् । शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै अव जनता नझुकिने जिकिर गरेका हुन् । बस्नेतले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ।’

उनले आफूले तीन वर्ष अगाडि बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा गाली गर्नेहरुले अहिले ठिकै भनेको बताए । ‘तीन वर्ष अगाडि जब मैले बालेन साहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् “तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ,’ उनले लेखेका छन् । उनले थोरै मान्छेलाई धेरै समयसम्म र धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिने भन्दै बालेनले अब झुकाउन नसक्ने पनि बताए । ‘भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन। बालेन शाहले अब जनता झुकाउने दिन सकिएका छ,’ उनले लेखेका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् । आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनी...

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री शाहको न्युयोर्क प्रस्थानसँगै उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्...

मतदाता नामावली दर्ताको समय सकिँदै, करिब सात लाख नयाँ मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ । सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताक...