किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए ।
शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो ।
उनले भने, ‘एउटा समस्या रहेछ चितवनमा। जहाँ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको देखिन्छ। त्यसमा किसानले बजार नपाउँदा र सहि मूल्य नपाउँदा यस्तो अवस्थाको सामना गरिरहनु भएको छ। केही सिमित विचौलिया, सिमित नेताहरुको सिण्डिकेटले गर्दा यस्तो भइरहेको हो। यस्तो भ्रम रोक्न जरुरी छ। नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन समयका तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने महंगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ । किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा किन्न सक्छ, त्यो गर्न चाहन्छौं हामी ।’
उनले देशभरका समस्याहरू धेरै हदसम्म उस्तै प्रकृतिका रहेको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । ‘एउटा जिल्लाको समस्या अर्को जिल्लामा समाधान हुन सक्छ, त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गरेका छन्। कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ...
शोभा पाठक भन्छिन् : मन्त्री बनेका बब्लु गुप्ता पैसाका लागि जे पनि गर्छन्
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्ने’ आरोप लागेको छ । सामाजिक सञ्जालमा चर्चित शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको बताएकी छन्...
करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता
काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।
आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने...
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
काठमाण्डौँ । कास्की प्रहरीले चुनावकै मुखमा जेनजी आन्दोलनको क्रममा लुटिएको इन्सास राइफलसहित २ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएको सो इन्...
परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
२ भदौ, काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा र...
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् । अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर...



