आइतबार, १५ कात्तिक २०८३
नेपाली

करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता

Main News Image

काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने तथा बायोमेट्रिक दिने व्यवस्था मिलाएको छ। आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको ‘लिंक’ मार्फत व्यक्तिगत विवरण भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्नेछ ।

अनलाइनमार्फत नै आफूलाई सुविधा हुने निर्वाचन कार्यालयमा फोटो खिचाउने समय लिनुपर्नेछ ।१२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समयसीमा तोकेकाले अब दुई साताको अवधि मात्र बाँकी छ ।निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे शनिबार र बिदा बाहेकका दिनमा कात्तिकभर नयाँ मतदाताका लागि नाम सूचीकृत गर्न पाइने बताउँछन् ।

हालसम्म औसतमा दैनिक ६–७ हजार व्यक्ति सूचीकृत हुने गरेकामा अवधि सकिन लागेकाले महिनाको अन्त्यतिरसम्म त्यो संख्या बढेर दैनिक १० हजारसम्म पुग्न सक्ने उनको अनुमान छ ।आयोगका अनुसार गत असारसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छ । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले नाम दर्ता गराएकाहरूले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

mediabaaji add

सम्बन्धित खबर

पार्टीभित्रका विगतका कुरा थाती राखेर निर्वाचनमा होमिनुपर्छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता अग्नि सापकोटाले विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालको २२औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिले...

स्वदेश फर्किएका देउवा कांग्रेस बैठकमा सहभागी हुन्छन् ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सकेर स्वेदश फर्किएका छन् । कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनक...

रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री श...

चार महिनामा पनि माइतीघरको भीड नघट्नु चिन्ताजनक : रवि लामिछाने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा पुग्नु मात्रै सफलता नभएको भन्दै त्यसलाई परिणाममा बदल्न नसके नागरिकको विश्वास गुम्ने चेतावनी दिएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अव...

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई जना मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय निर्वाचन समितिमा दुईजनालाई मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा नयाँ सदस्य र सदस्य–सचिव नियुक्त गरेका हुन् ।

६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प...