बुधबार, ११ कात्तिक २०८३
नेपाली

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

Main News Image

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संघीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई रु १५ करोड बजेट व्यवस्था गरेको बताए। उनका अनुसार सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिममात्र खर्च गर्न पाइने व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुदान भनेर बजेट प्रबन्ध गरेको भए महानगरलाई भुक्तानी दिन सहज हुने थियो भन्दै रंगशालाको निर्माण सार्वजनिक खरिद ऐनअनुसार नगरिएकाले कसरी पैसा भुक्तानी दिने भन्नेमा नीतिगत अन्योल भएको बताए। उनले भने, ‘फाउन्डेसन मूल्य अभिवृद्धि कर ९भ्याट०मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा ‘भ्याट’ तिर्नुपर्ने भएकाले पनि यो विषय पेचिलो बनेको हो।’

निर्माणको समयमा महानगरपालिकाले अनुदानका रूपमा फाउन्डेसनलाई रकम दिएको थियो। तत्कालीन समयमा महानगरको आफ्नै स्रोतको रकम भएकाले आफैँले कार्यविधि बनाएर भुक्तानी गरेको भए पनि अहिले संघबाट आएको रकम संघीय कार्यविधिअनुसार मात्र भुक्तानी गर्न मिल्ने पौडेलले बताए। उनले भने, ‘पहिले फाउन्डेसनलाई बजेट दिन मिल्ने, अहिले किन नमिल्ने रु भन्ने प्रश्न छ, पहिले हामीले आफ्नै स्रोतबाट कार्यविधि बनाएर अनुदान दिएका थियौँ। अहिले संघीय बजेट हो। संघीय ऐन, कानुन र कार्यविधिभित्र रहेरमात्र भुक्तानी दिनुपर्छ।’

यस विषयमा थप स्पष्ट हुन आफूहरूले संघीय सरकारअन्तर्गत अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा पत्राचार गरेको भए पनि ती दुवै संस्थाबाट थप राय आवश्यक नरहेको भन्ने जवाफ पाएको उनले जानकारी दिए। महानगरले गत कात्तिक २१ गते यस विषयमा थप स्पष्ट हुनका लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको थियो। जसको जवाफ मन्त्रालयले कात्तिक २४ गते पठाएको छ। यसैगरी महानगरले कात्तिक २८ गते पुनः खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो। खेलकुद मन्त्रालयले कात्तिक ३० गते जवाफ दिएको थियो।

mediabaaji add

सम्बन्धित खबर

एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...

प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवी भ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

काठमाडौँ । काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् । पुस ४ देखि ६...

एसियन गेम्स क्रिकेट छनोट : फाइनल प्रवेशका लागि आज नेपाल र ओमान भिड्दै

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानको सामना गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहान ७स्१५ बजेदेखि सुरु हुने तालिका रहेको छ ।

<...

एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् । बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस...

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...

आज दुई खेल- जनकपुर र विराटनगर, सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सु...