बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवी भ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

Main News Image

काठमाडौँ । काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् । पुस ४ देखि ६ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा रुवी भ्यालीका खेलाडीहरूले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै गाउँपालिकाको गौरव बढाएका हुन् ।
प्रतियोगितामा प्रसान्त तामाङ, खुशी तामाङ, सुस्मा रानी घले र विशाल घलेले स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी कृष्ण माया तामाङ, जोशीला तामाङ, रोहन तामाङ र दनेश तामाङले रजत पदक प्राप्त गरेका छन् भने अनुस्का तामाङ, मानभ तामाङ, रन्जना तामाङ र सोहन तामाङले कास्य पदक जितेका छन् ।
रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक जित्दै आएको उल्लेख गर्दै आयोजकले यसपटक पनि उनीहरूको अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप अनुशासित अवार्ड प्रदान गरिएको जनाएको छ ।
प्रतियोगितामा उपस्थित रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले खेलाडीहरूको सफलताप्रति खुशी व्यक्त गर्दै, “सीमित स्रोतसाधनका बाबजुद पनि रुवी भ्यालीका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गाउँपालिकाको नाम उजागर गरिरहेका छन् । यो हाम्रो लागि गर्वको विषय हो । खेल क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर साथ र सहयोगमा रहने बताए ।”
त्यसैगरी कराँते प्रशिक्षकद्वय सेर्तुङ डोजोका ओम बहादुर तामाङ, लापा डोजोका सन्देश घले र तिप्लिङ डोजोका रोशन घलेको भनाइ अनुसार खेलाडीहरूको मेहनत र अनुशासन नै सफलताको मुख्य आधार भएको बताउँदै, “खेलाडीहरूले निरन्तर अभ्यास, अनुशासन र आत्मविश्वासका साथ प्रतिस्पर्धा गरे । त्यसकै परिणामस्वरूप पाँचवटा स्वर्ण पदकसहित अनुशासित अवार्ड प्राप्त गर्न सफल भएको बताए ।”
प्रतियोगितामा प्राप्त सफलताले रुवी भ्याली गाउँपालिकामा खेलकुदप्रति थप उत्साह बढाएको छ भने स्थानीय तहबाट खेलाडी उत्पादन र प्रोत्साहनमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगल...

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...

टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार बेलुकी टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहने टिमको उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन्...

महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने महिला टोलीको विदाई

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय...

नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको...