पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरूले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ ।
यहाँको सेती राजमार्ग दक्षिण खण्ड टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजनाको काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताए ।
‘निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो’, उनले भने, ‘ट्रयाक खोल्न प्रयोग भएका ठूला उपकरण पनि रोकिसके ।’ दुई सय चार किलोमिटरका उक्त आयोजना २०७४ सालदेखि सुरु भएको हो । आयोजनाअन्तर्गत ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । हालसम्म कूल दश किलोमिटर खण्ड कालोपत्रे भएको छ । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन
काठमाडौँ । अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन् ।
छलफलमा बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक स...
चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि तोल...
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
काठमाण्डौँ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६...
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन् । अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनस...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका ला...



