बिहिबार, २९ असोज २०८३
नेपाली

बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Main News Image

काठमाडौँ।  नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहिआएको छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापलाई ‘कुष्मा’ भनिन्छ।

नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तजनका यी तीनै ताप हरण गरिदिने भएकाले उनको नाम कुष्माण्डा पर्न गएको हो। विभिन्न पुराणहरूमा उल्लेख भएअनुसार भगवती कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्छिन्।

mediabaaji add

सम्बन्धित खबर

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन...

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को...

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...

शिवरात्रिमा बाग्मती भरिँदै : ४०० लिटर प्रतिसेकेन्ड पानी छाडियो

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नानमा सहजता दिलाउने र नदीको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले पानी प्रवाह सुरु गरिएको हो ।

अधिकार सम्पन्न बाग...

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया म...

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार

धनगढी । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका २५ बालबालिकालाई भारतीय सीमावर्ती क्षेत्र बनबासाबाट उद्धार गरी नेपाल फर्काइएको छ । उद्धार गरिएका सबै बालबालिका १० वर्षमुनिका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८, स्याण्डा सेयराका ती ब...