कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन् । शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा खड्काले महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने वातावरण आफूले बनाउन नदिने स्पष्ट पारेका हुन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने कार्यवाहक सभापति खड्काले बताएको जानकारी दिए । संस्थापन समूहका २५ केन्द्रीय सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती मागहरूको दबाब वृद्धिका लागि उनीहरू हाल सभापतिदेखि पदाधिकारीहरूसम्म भेटघाटमा छन् । यही क्रममा उनीहरूले शुक्रबार बिहान खड्कालाई भेटेर विशेष महाधिवेशन सुरु भए पार्टी फुटतर्फ धकेलिन सक्ने चेतावनी दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज...
प्रचण्ड र गोपाल किरातीबीच एकता घोषणा
काठमाडौँ । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण...
जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्वाचित
काठमाडौँ । पर्साको वीरगञ्जमा सम्पन्न जनमत पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्ष पदमा पुनः डा। सीके राउत अत्यधिक मतका साथ निर्वाचित भएका छन्। २६ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा कुल १,१५५ जना प्रतिनिधिले मतदान गरे...
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधि...
पदबहाली लगत्तै गृहमन्त्री सुधन गुरुङको घोषणा : राजदरबार हत्याकाण्डको थप छानबिन गरिने
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले इतिहासकै सर्वाधिक चर्चित र रहस्यमय मानिएको ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’को थप छानबिन गर्ने घोषणा गरेका छन् । मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरेलगत्तै उनले यस्तो नीतिगत घोषणा गरेका हुन...
ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ
भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्...



