कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन् । शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा खड्काले महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने वातावरण आफूले बनाउन नदिने स्पष्ट पारेका हुन् ।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने कार्यवाहक सभापति खड्काले बताएको जानकारी दिए । संस्थापन समूहका २५ केन्द्रीय सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती मागहरूको दबाब वृद्धिका लागि उनीहरू हाल सभापतिदेखि पदाधिकारीहरूसम्म भेटघाटमा छन् । यही क्रममा उनीहरूले शुक्रबार बिहान खड्कालाई भेटेर विशेष महाधिवेशन सुरु भए पार्टी फुटतर्फ धकेलिन सक्ने चेतावनी दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
चार महिनामा पनि माइतीघरको भीड नघट्नु चिन्ताजनक : रवि लामिछाने
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा पुग्नु मात्रै सफलता नभएको भन्दै त्यसलाई परिणाममा बदल्न नसके नागरिकको विश्वास गुम्ने चेतावनी दिएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अव...
कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ । सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८...
माग सम्बोधन भए सरकारसँगको वार्ता तोड्छौँ : दुर्गा प्रसाईं
काठमाडौँ । अभियान संयोजक दुर्गा प्रसाईंले आफ्ना माग सरकारले सम्बोधन नगरे वार्ता तोडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मागबारे सरकारलाई औपचारिक जानकारी गराइसकिएको भन्दै समानबिचार भएकाहरू एकजुट भएर दबाब द...



