काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा हुस्सु देखिएको भए पनि त्यसपछि हावामा पानीका कण नभएको तुवाँलो बनेको जानकारी दिए ।
पारदर्शिता पाँच किलोमिटरभन्दा कम भए पनि पानीका कण नहुने अवस्थालाई हेज भनिने र नेपालीमा यसलाई तुवाँलो भनिने उनले स्पष्ट पारे । अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकामा दृश्यता करिब ३ हजार ५ सय मिटर छ। यो स्तरको भिजिबिलिटीले न त हवाई उडानमा ठूलो समस्या ल्याउने न त सडक यातायात प्रभावित हुने उनको भनाइ छ। तर, दृश्यता अझै घटेमा उडान तालिका प्रभावित हुन सक्ने संकेत उनले दिएका छन् ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकाको आकाशमा बादल त देखिएको छ, तर त्यो प्रभाव माथिल्लो वायुमण्डलमा मात्र सीमित रहेकाले वर्षा हुन सकेन। तल्लो वायुमण्डल सुक्खा र हावाको गति न्यून भएकाले तुवाँलो हट्न नसकेको जनाइएको छ ।
हावाको गति बढेको भए तुवाँलो केही हदसम्म पन्छिन सक्थ्यो, तर अहिलेको स्थिर वायुमण्डलीय अवस्थाले धुम्म वातावरण कायम रहेको मौसमविद् अधिकारीको निष्कर्ष छ । पश्चिमी क्षेत्रमा भने जलवाष्पयुक्त हावा सक्रिय रहेकाले कतिपय स्थानमा वर्षा भएको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भूभाग...
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन ग...
देशभर मनसुनी वर्षा कायम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्...
कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका
सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।...
वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो...
दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याङ्पोलमा आइतबार राति गएको पहिरोमा परी ४ महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।
प्रहरीका अनुसार माइतीबाट घर फर्कने क्रममा राति करिब ९ बजे सडकमाथिबाट खसेको पहिरोले च्याप...



