कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग
काठमाण्डौँ । हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ । यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपातले बाटो अवरुद्ध हुँदा पर्यटकहरु अलपत्र पर्ने घटनासम्मले दुर्गम हिमाली क्षेत्रको सुरक्षा चुनौती उजागर गरेका छन् ।
पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा, अचानक हिमपात भएमा वा प्रतिकूल मौसमका कारण यात्रा रोक्नुपरेमा सुरक्षित रूपमा बस्न मिल्ने संरचना आवश्यक रहेको उनको भनाइ छ ।
कर्णालीका हिमाली क्षेत्रमा मानवीय क्षति भएका घटनाले पनि जोखिमको गम्भीरता देखाउँछन् । डोल्पाका विभिन्न पाटनमा यार्सागुम्बा संकलनका क्रममा चार वर्षमा १८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार मुगुमा १० र जुम्लामा दुई जनाको पनि यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको उल्लेख छ ।
२०८० वैशाख २३ गते मुगु र जुम्लाको सीमा क्षेत्र च्यार्खु भञ्ज्याङमा यार्सागुम्बा संकलनका लागि गएका तीन जना हिमपहिरोमा परी मृत्यु भएका थिए भने नौ जना घाइते भएका थिए । डोल्पाका विभिन्न पाटनमा पनि हिमपात, अत्यधिक चिसो र लेक लाग्ने समस्याका कारण संकलकको मृत्यु हुने गरेका घटना सार्वजनिक भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
काठमाण्डौँ । दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नाग...
महान्यायाधिवक्ता भण्डारी निलम्बित !
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो संस्थाको सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा रहँदा विवादमा जोडिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारी...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...
मकवानपुरबाट काठमाडौँ आउदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाण्डौँ । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्...
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव,मुख्यतया मौसम सफा रहने
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्...



