कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग
काठमाण्डौँ । हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ । यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपातले बाटो अवरुद्ध हुँदा पर्यटकहरु अलपत्र पर्ने घटनासम्मले दुर्गम हिमाली क्षेत्रको सुरक्षा चुनौती उजागर गरेका छन् ।
पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा, अचानक हिमपात भएमा वा प्रतिकूल मौसमका कारण यात्रा रोक्नुपरेमा सुरक्षित रूपमा बस्न मिल्ने संरचना आवश्यक रहेको उनको भनाइ छ ।
कर्णालीका हिमाली क्षेत्रमा मानवीय क्षति भएका घटनाले पनि जोखिमको गम्भीरता देखाउँछन् । डोल्पाका विभिन्न पाटनमा यार्सागुम्बा संकलनका क्रममा चार वर्षमा १८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार मुगुमा १० र जुम्लामा दुई जनाको पनि यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको उल्लेख छ ।
२०८० वैशाख २३ गते मुगु र जुम्लाको सीमा क्षेत्र च्यार्खु भञ्ज्याङमा यार्सागुम्बा संकलनका लागि गएका तीन जना हिमपहिरोमा परी मृत्यु भएका थिए भने नौ जना घाइते भएका थिए । डोल्पाका विभिन्न पाटनमा पनि हिमपात, अत्यधिक चिसो र लेक लाग्ने समस्याका कारण संकलकको मृत्यु हुने गरेका घटना सार्वजनिक भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको...
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान...



