कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग
काठमाण्डौँ । हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ । यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपातले बाटो अवरुद्ध हुँदा पर्यटकहरु अलपत्र पर्ने घटनासम्मले दुर्गम हिमाली क्षेत्रको सुरक्षा चुनौती उजागर गरेका छन् ।
पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा, अचानक हिमपात भएमा वा प्रतिकूल मौसमका कारण यात्रा रोक्नुपरेमा सुरक्षित रूपमा बस्न मिल्ने संरचना आवश्यक रहेको उनको भनाइ छ ।
कर्णालीका हिमाली क्षेत्रमा मानवीय क्षति भएका घटनाले पनि जोखिमको गम्भीरता देखाउँछन् । डोल्पाका विभिन्न पाटनमा यार्सागुम्बा संकलनका क्रममा चार वर्षमा १८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार मुगुमा १० र जुम्लामा दुई जनाको पनि यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको उल्लेख छ ।
२०८० वैशाख २३ गते मुगु र जुम्लाको सीमा क्षेत्र च्यार्खु भञ्ज्याङमा यार्सागुम्बा संकलनका लागि गएका तीन जना हिमपहिरोमा परी मृत्यु भएका थिए भने नौ जना घाइते भएका थिए । डोल्पाका विभिन्न पाटनमा पनि हिमपात, अत्यधिक चिसो र लेक लाग्ने समस्याका कारण संकलकको मृत्यु हुने गरेका घटना सार्वजनिक भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी
महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ। जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमी...
शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा
महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...
धादिङ बस दुर्घटनामा ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि परे
काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुक...
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ वटा प्रमुख रुटमा विस्तार गरिएको हो ।
<...हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा
काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक...
चिसोले जनकपुरमा चार दिन विद्यालय बन्द
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि चार दिनसम्म बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा जाडो ब...



