विशेष महाधिवेशन नगरी यथास्थितिमा रहनु आत्मघाती हुनेछ _अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेसमेत बताए ।
उनले लेखेका छन्, आज मुलुक जटिल राजनीतिक संक्रमणको चरणमा छ। २०८३ फागुनमा हुने आम निर्वाचनको तयारी, भ्रष्टाचार विरूद्ध ,विधिको शासन र सुसासन को जनआन्दोलन जेन–जेड प्रदर्शन पछिको राजनीतिक सन्देश, युवा तथा आम जनता देखिएको चरम असन्तुष्टि लाई सम्वोधन गर्न वर्तमान सन्दर्भमा विशेष महाधिवेशन समयको स्पष्ट माग र आबस्यकता हो । निर्वाचनअघि नै नयाँ सोच,नीति नेतृत्व र कार्यक्रमसहित जनतामा जानु अनिवार्य छ। यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेछ ।
उनले लेखेका छन्, विधानको धारा १७९२० अनुसार केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाइ केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ भन्ने बाध्यात्मक स्पष्ट व्यवस्था छ । त्यसैगरी धारा ३९१२० ले ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालयलाई बुझाउँछ भने धारा २७, १ अनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने स्पष्ट प्रावधान रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
राजनीतिक गतिविधि तीव्र बनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा लोकतान्त्रिक...
मतदानको समय फेरियो : एमाले नयाँ नेतृत्व चयनका लागि ४ बजेदेखि मात्रै भोटिङ
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा हुने भनिएको मतदानको समय परिवर्तन गरिएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार दिउँसोका लागि तय गरिएको मतदानको समय सारेर दिउँसो ४...
प्रचण्डको प्रश्न : कप्तानगञ्जमा त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै संयोजक प्रचण्डले आमनिर्वाचनमा जनता...
प्रवासीको मतदान रोक्ने दलको नाम सार्वजनिक गर्न सुमना श्रेष्ठको आग्रह
काठमाडौँ । पूर्वप्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने भनाइलाई बहाना बनाउँदै विदेशमा रहेका नेपालीलाई मतदान अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगका कार...
यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र केन्द्र तोकेको छ । आयोगले बुधबार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका...



