सोमबार, ०९ कात्तिक २०८३
नेपाली

एमालेलाई ठीक ढङ्गले चलाउन मेरो उम्मेदवारी : ईश्वर पोखरेल

Main News Image

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढङ्गले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढङ्गले चलाउने उद्देश्यसहित आउन चाहेको हो ।’

पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘महाधिवेशनमा प्रतिनिधि बनेर आउनु भएका आम कार्यकर्ताहरूलाई के आग्रह चाहन्छु भने पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने हुन्छ । साथै पार्टीको कार्यसम्पादनमा पनि पुनर्व्यवस्थित गर्नुपर्ने जरुरी छ। यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रूपमा ल्याउनु जरुरी छ।’

एमाले महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पोखरेलले चुनावमा प्रतिस्पर्धा स्वाभाविक हुने बताएका छन् । उनले भने, ‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक रूपमा मानिँदैन ।’

mediabaaji add

सम्बन्धित खबर

स्थानीय निर्वाचनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको आह्वान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सम्बोधन गर्दै अध्यक्ष...

नेपाली कांग्रेसले थप्यो क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र नयाँ सदस्यता विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद थप गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार ललितपुरस्थित...

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम...