आईपीएल : राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित
काठमाण्डौँ । गुवाहाटी इण्डियन प्रिमियर लिग आईपीएल २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २०२ रनको बलियो लक्ष्यलाई राजस्थानले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशी र ध्रुव जुरेलले उत्कृष्ट प्रदर्शन गरे। वैभव सूर्यवंशीले मात्र २६ बलमा ७८ रनको विष्फोटक इनिङ खेले, जसमा ७ छक्का र ८ चौका सामेल थिए। उनले मात्र १५ बलमा अर्धशतक पूरा गर्दै बेंगलुरुका बलरहरूलाई दबाबमा राखेका थिए । ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाउँदै नटआउट रहे र टोलीलाई जितसम्म पुर्याए। सूर्यवंशी र जुरेलबीच १०८ रनको साझेदारी भएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको थियो ।
कप्तान रजत पाटीदारले ४० बलमा ६३ रनको कप्तानी इनिङ खेले । विराट कोहलीले १६ बलमा ३२ रन जोडे भने इम्प्याक्ट प्लेयरका रूपमा आएका भेङ्कटेश अय्यरले २९ रनको योगदान दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।
साफ महिला च्याम्पियनसिपको तयारी पूरा
काठमाण्डौँ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासङ्घ साफ यू–१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ ।
य...
एनपिएलः आज दुई खेल हुँदै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र ल...
टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् । शनिबारको पहिलो खेल नतिजाविहीन भएको छ । खराब मौसमका कारण पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल नतिजाविहीन भएको हो । एक बल पनि नखेली खेल र...
स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।
स्कटल्य...
साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोल...



