भारत टी–२० विश्वकपको फाइनलमा, इङ्गल्याण्ड ७ रनले पराजित
काठमाडौँ । आयोजक भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतको मुम्बईस्थित वानखेडेको मैदानमा भारत ७ रनले विजयी भयो । २५४ रनको चुनौती पछ्याएको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो ।
ज्याकब बेथलले ४८ बलमा १०५ रन बनाए । विल ज्याक्सले २० बलमा ३५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । जोफ्रा आर्चरले ४ बलमा अविजित रहँदै १९ रन बनाए । खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा २५३ रन बनायो । भारतका लागि सन्जु सामसनले ४२ बलमा ८९ रन बनाए ।
त्यस्तै शिवम दुवेले २५ बलमा ४३, इशान किशनले १८ बलमा ३९ रन बनाए । हार्दिक पाण्डेयाले १२ बलमा २७ तथा तिलक वर्माले ७ बलमा २१ रन बनाए । भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । भारत दुई पटकको विजेतासमेत हो । भारत साविक विजेता पनि हो ।
भारतले अब तेस्रो उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार अहमदाबादमा हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा...
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्...
राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य
काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...
नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
जारी प्रतियोगिता...
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपाल शृंखालाभरि जितविहीन
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ । जितका लागि नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमा...
विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...



