शनिबार, ०७ कात्तिक २०८३
नेपाली

आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

Main News Image

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजिव रुपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरुले दिनानुदिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्‍वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ । नवयुवा पुस्ताको आन्दोलनपश्‍चात् खरानीबाट उठेर नागसक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य वोधलाई यस गीतले भावानात्मक रुपमा उजागर गरेको छ । यस गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ्ग रहेको छ ।

https://youtu.be/DuSlEOkrHhc?t=9


mediabaaji add

सम्बन्धित खबर

दशैंको भावनासँग जोडिएको ‘फर्क ए परदेशी’ सार्वजनिक

काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीलाई घर फर्किन आग्रह गर्ने भाव बोकेको नयाँ गीत ‘फर्क आ परदेशी’ सार्वजनिक भएको छ । दीपक तिरुवा अफिसियलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक त...

२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक

काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासि...

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद

काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा ख...