वैदेशिक रोजगारी र शिक्षाको नाममा ठगीधन्दा, बालेन सरकारले पनि गर्न सकेन बन्द !
काठमाण्डौँ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ह्वात्तै बढेका छन् । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी नै नेपालीको भर बनेको छ । तर, वैदेशिक रोजगारीको नाममा ठगीधन्दा मौलाएको छ । विदेश उडाइदिने भन्दै पैसा असुल्ने र अलपत्र पार्ने गिरोह सक्रिय भएको छ ।
तर, नियामक निकाय भने यसबारे अनविज्ञझैं छ । म्यानपावर र कन्सल्टेन्सीले विदेश पठाउने भनेर ठगीधन्दा चलाइरहेको छ । मलेसियासहित खाडी मुलुक पठाइदिने भन्दै म्यानपावरले तीनदेखि ६ लाख रुपैयाँ उठाएको छ । तर, विदेश पठाउने कहिले हो ? टुंगो छैन । आज र भोलि भन्दाभन्दै वर्षौ बितिसकेको पीडितहरुको गुनासो छ । पैसा र डकुमेन्ट्स लिएका छन्, फिर्ता माग्दा पनि दिँदैनन् । अन्तैबाट अप्लाई गर्छु, पैसा फिर्ता दिनु भन्दापनि मान्दैनन् । यता, कन्सल्टेन्सीहरुले जापान, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका मुलुक पठाउने भन्दै १० देखि ४० लाख रुपैयाँसम्म असुलेको सुनिन्छ । तर, कन्सल्टेन्सीले पनि अलपत्र पार्ने काम मात्रै गरिरहेको छ ।
पैसा लिइसकेका छन् तर पठाउने सुरसार छैन । म्यानपावर र कन्सल्टेन्सीमा जाँदा कर्मचारीचाँहि कोही भेटिँदैनन् । विभिन्न बहाना बनाउँछन् र फिर्ता पठाउँछन् । यता, ऋण लिएर पैसा बुझाएकाहरु तनावमा परेका छन् । एकातिर ऋण बढेको बढ्यै छ, अर्कोतिर जान पाउने –नपाउने थाहा छैन । मासिक एक लाखको पाँच देखि ३० हजार रुपैयाँमा पैसा ऋण ल्याएर कन्सल्टेन्सी र म्यानपावरलाई बुझाइएको छ । म्यानपावर र कन्सल्टेन्सीको यो ठगीधन्दा हिजो पनि थियो र आज पनि चलिरहेको छ । जुन बन्द गर्न सरोकारवाला निकाय असमर्थ भएको छ । अधिकांश कन्सल्टेन्सी र म्यानपावरको दर्ता नै छैन ।
दर्ताबेगर कन्सल्टेन्सी र म्यानपावर सञ्चालन हुँदा सरकारले बन्द गर्न सकेको छैन । एउटा कोठा लिने, कन्सल्टेन्सी र म्यानपावर खोल्ने, ठगीधन्दा चलाउने । एउटै घरमा दर्जनौंजस्तो कन्सल्टेन्सी र म्यानपावर सञ्चालनमा छ । तिनले गाउँ–गाउँमा एजेण्ट खटाएर सोझासोझीलाई आकर्षक तलबको प्रलोभनमा पैसा उठाइरहेका छन् । म्यानपावर र कन्सल्टेन्सीले तिनलाई २०–३० प्रतिशतसम्म कमिशन दिन्छ । कमिशनको लोभमा सर्वसाधारणलाई ऋणको चंगुलमा फसाउने र दुःख दिने काम भइरहेको छ । देशमा बेरोजगारी भएको फाइदा म्यानपावरलाई भएको छ । कन्सल्टेन्सीले मुलुकको शैक्षिक स्तर गुणस्तरीय छैन भन्ने भ्रम छरेर आफ्नो दोकान चलाइरहेको छ ।
काठमाडौं उपत्यकाभित्र होस् या बाहिर यहीँ क्रम चलिरहेको छ । सर्वसाधारण र विद्यार्थीलाई ठग्दा न शिक्षा तथा खेलकुद मन्त्रालयले अनुगमन र कारबाही गर्छ न श्रम मन्त्रालयले । नागरिक ठगिइरहेका छन्, सरकार रमिता हेरिरहेको छ । लाखौं मान्छेको अर्बौं रुपैयाँ म्यानपावर र कन्सल्टेन्सीले होल्ड गरिरहेको छ ।
तीन महिनादेखि वर्षदिन बितिसक्दा कन्सल्टेन्सी र म्यानपावरले विदेश उडाएको छैन । कन्सल्टेन्सी र म्यानपावर दिनैपिच्छे धाउने र निराश भएर फर्किने क्रम चलिरहेको छ । ब्याज पाकेको पाक्यै छ, विदेश जाने टुंगो लाग्दैन । उनीहरुलाई कति पीडा भएको होला ? कोठाभाडा तिर्नुपर्यो, कन्सल्टेन्सी र म्यानपावरको कार्यालय दिनकै धाउनुपर्यो, खानुपर्यो । कसरी गुजारा गरिरहेका होलान् उनीहरुले ? बालेन्द्र साह नेतृत्वको सरकार गठन भएको दुई महिना भयो । सरकारले चुनावअघि नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने वाचा गरेको थियो । के भयो वाचाको ? अहिलेपनि दिनहुँ हजारौं नागरिक एअरपोर्टबाट वैदेशिक रोजगारीका लागि बाहिरिरहेका छन् ।
कोही वैध माध्यमबाट बाहिरिएका छन् त कोही अवैध । अर्कोतिर, विदेश जानका लागि बुझाएको पैसा फसेकाहरु यत्तिकै छन् । उनीहरुलाई न्याय कसले दिने ? न सरकार देशमै रोजगारीको सिर्जना गरेर विदेश जानबाट रोक्न सक्छ न त विदेश जानेलाई सहज वातावरण नै बनाउन । देशमै गुणस्तरीय शिक्षा छ भनि सरकारले जनतालाई विश्वास पनि दिलाउन सकेको छैन । कन्सल्टेन्सीले भ्रम छरिरहेको छ, सरकार मौन छ । सरकार भन्छ,‘फ्रि टिकट, फ्रि भिसा ।’ तर, म्यानपावरहरुले खाडी जानलाई तीनदेखि ६ लाख रुपैयाँ असुलिरहेको छ । अनि सरकार कहाँ छ ? सरकार छ र ?
पैसा तिरेर पनि सहज रुपमा जान पाए त हुन्थ्यो नि । म्यानपावर र कन्सल्टेन्सी सञ्चालकले पैसा लिन्छन्, घरजग्गा र सेयरमा लगानी गर्छन् । उनीहरु गाडी चढेर हिँड्छन्, हातभर सुन लगाउँछन् । पैसा दिनेचाँहि आफ्नो पैसाका लागि म्यानपावर र कन्सल्टेन्सी धाइरहेको छ ।
वाणिज्य विभागको महानिर्देशक कुमार दाहाल हुँदा कन्सल्टेन्सीमाथि अनुमान बढाइएको थियो । त्यतिबेला अधिकांश कन्सल्टेन्सीको दर्ता भेटिएन । उनले कडाइ गरेपछि सरकारले सरुवा गरिहाल्यो । अरुले अनुगमन गर्ने आँट गर्दैनन् । म्यानपावरले मेडिकलबापत पनि श्रमिकबाट ठग्दै आएको छ । सरकार अस्पतालमा पाँच सयमा हुने मेडिकल निजी अस्पतालमा गर्न लगाउँछन् । श्रमिकहरु चार–पाँच हजार रुपैया तिरेर मेडिकल गरिरहेका छन् । त्यहाँबाट कन्सल्टेन्सी सञ्चालकले कमिशन खान्छन् । अनि कहाँ आयो सुशासन ? बालेन सरकारको सुशासन यहीँ हो ?
कानुनले दर्ता नगरिकन कुनै व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । घरधनीले पनि वडामा सम्झौता नगरिकन घर भाडामा दिन मिल्दैन । तर, दर्ता र सम्झौताबेगर नै व्यवसाय सञ्चालन गरिएको छ । यहाँ त तैँ चुप मै चुपको अवस्था छ । कर छल्नका लागि घरधनी र व्यवसायीको मिलेमतोमा यो धन्दा चलिरहेको छ । सरकारले त्यस्ता घरधनीलाई पनि पक्रिनुपर्छ । अनि मात्र चेत खुल्छ । सरकार घरधनी र म्यानपावर र कन्सल्टेन्सी व्यवसायीको सामुन्ने निरीह छ । तिनको ठगिधन्दा चलिरहँदा सरकार मौन छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकार काम नगर्ने, सांसदहरु सदन नआउने !
रुषा थापा______
भक्तपुर । गत फागुन २१ ग्ते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । २७५ मध्ये एक सय ८२ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित्यो । त्यसपछि चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्री ब...
खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ
मदन सिंह भाट
युवा नेता र खेलकुद विश्लेषक
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...
एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !
अनुसा थापा______
भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले...
पानीदेखि औषधिसम्मले निम्त्याउँदै रोग, आफ्नो स्वार्थका निम्ति व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दा राज्य मौन !
रुषा थापा
भक्तपुर । काठमाडौं उपत्यकाभित्र वा बाहिर चटपटे, पानीपुरीको व्यापार केही वर्षयता व्यापक मौलाएको छ । सटर भाडामा लिएर वा गाडामा यस्ता व्यापार गर्ने गरिएको छ । एक प्लेट चटपटे वा पानीपुरीको ठाउँअनुसार ६० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म ल...
भाडादेखि पानी, बिजुली, फोहोर र पार्किङ्गमा ठग्दै घरधनी, शुल्क तोक्न तीनै तहको सरकारको आनाकानी !
अनुसा थापा____
भक्तपुर । सरकारले उपभोक्ताबाट उठाइने बिजुलीको पैसा तोकेको छ । प्रतियुनिट नेपाल विद्युत प्राधिकरणले घरधनीबाट ९ रुपैयाँ ४० पैसा लिने गरेको छ । सरकारलाई ९ रुपैयाँ ४० पैसा तिर्ने घरधनीहरुले डेरावाललाई विद्युत व्यापार गरिरहे...
समस्याग्रस्त सहकारीका बचतकर्ताको धमाधम पैसा फिर्ता, स्रोत खोज्न बेवास्ता !
अनुसा थापा_________
भक्तपुर । सहकारी क्षेत्रमा समस्या देखिएको पाँच वर्ष भइसकेको छ । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि ४५ करोड रुपैयाँसम्म फसेको छ । सरकारले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरेक...



