बुधबार, ११ कात्तिक २०८३
नेपाली

कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?

Main News Image

काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ ।त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत रहेकोमा कात्तिक महीनामा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये व्यक्तिगततर्फ १४ वटा बैंकहरूले निक्षेपको ब्यादजर घटाएका छन् भने ६ वटा बैंकले स्थिर राखेका छन्। यता संस्थापकतर्फ १० वटा बैंकले ब्याजदर घटाउँदा ९ वटाले भने स्थिर राखेका छन्।

कात्तिकका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशतले ब्याजदर घटाएका छन् भने नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत तथा सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशत र कृषि र सानिमा बैंकले ०.१० प्रतिशतले व्यक्तिगततर्फ निक्षेपको ब्याजदर घटाएका छन् ।
ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले असोज महीनाकै ब्याजदरलाई कात्तिकमा पनि यथावत् राखेका छन्।

 

mediabaaji add

सम्बन्धित खबर

त्रिशूली–३ ‘ए’ बाट जीवितै उद्धार गरिएका साह भन्छन्– सुरुङभित्र ४०–५० जना हुनुपर्छ

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङभित्र अझै मानिसहरू हुनसक्ने बताएका छन् । शुक्रबार बाढी गएको १० दिनमा सुरुङबाट साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको...

अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन

काठमाडौँ । अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन् ।

छलफलमा  बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक स...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैय...