कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ ।त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत रहेकोमा कात्तिक महीनामा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशतमा झरेको छ ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये व्यक्तिगततर्फ १४ वटा बैंकहरूले निक्षेपको ब्यादजर घटाएका छन् भने ६ वटा बैंकले स्थिर राखेका छन्। यता संस्थापकतर्फ १० वटा बैंकले ब्याजदर घटाउँदा ९ वटाले भने स्थिर राखेका छन्।
कात्तिकका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशतले ब्याजदर घटाएका छन् भने नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत तथा सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशत र कृषि र सानिमा बैंकले ०.१० प्रतिशतले व्यक्तिगततर्फ निक्षेपको ब्याजदर घटाएका छन् ।
ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले असोज महीनाकै ब्याजदरलाई कात्तिकमा पनि यथावत् राखेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रत...
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ। चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको...
शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५...
३६० वस्तुको अन्तःशुल्क खारेज, मदिरा, जंक फुड र इनर्जी ड्रिङ्समा भारी वृद्धि
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरूमा व्यापक हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अहिलेसम्म विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पूर्ण रूपमा खारेज गर...
साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी : त्रिपक्षीय सम्झौता सम्पन्न
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता...
जनैपूर्णिमाका लागि बजारमा जनैले भरियो बजार !
काठमाण्डौँ । आगामी भदौ १२ गते परेको जनैपूर्णिमालाई लक्षित गर्दै बजारमा जनै बिक्रीका लागि राखिएका छन् । जनैपूर्णिमाका लागि विभिन्न आकार र प्रकारका जनै पसलमा सजाएर राखिएको देखिन्छ ।



