बुधबार, ११ कात्तिक २०८३
नेपाली

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

Main News Image

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ। विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ। वडातर्फ सबैभन्दा धेरै १९।४१ प्रतिशत र सबैभन्दा कम ०।३८ प्रतिशत रकम खर्च भएको छ। ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०÷०८१ मा १२।९ प्रतिशत, २०८१÷०८२ मा १२।३४ प्रतिशत र यस वर्ष १२।९४ प्रतिशत खर्च भएको देखिन्छ। गतवर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात १२।३४ प्रतिशत खर्च भएको थियो। विनियोजित रकममा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो। यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपैयाँ बजेट विनियोजित थियो।

यसमा केन्द्रबाट १३।३१ प्रतिशत खर्च भएको थियो। सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं। १९ ले २०।९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं। ११ ले १।१९ प्रतिशत खर्च गरेको थियो।

mediabaaji add

सम्बन्धित खबर

इभि मोटर क्षमता विवादमा नाइमाको चासो, स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले विद्युतीय सवारी साधन ९इभि० को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नाइमाले शुक्रबार विज्ञप्ति जारी...

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १३५...

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ। उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले...