शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाइने

Main News Image

काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाउने कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यासको घोषणा गरेका मेसीको सम्मानमा एएफएले पुरुष तथा महिला फुटबलका सबै डिभिजनका साथै अन्य विधाका आगामी खेलमा समेत यस्तो कार्यक्रम गर्न निर्देशन दिएको हो ।

३९ वर्षीय मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। यसअघि उनले सन् २०१६ मा पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए। तर, समर्थकको चर्को दबाबपछि उनले निर्णय फिर्ता लिँदै राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको १४०...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...

भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन

काठमाडौँ । आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप जित्न सफल भएको हो। फाइनलमा पहिले ब्याटिङ गरेको भारतले २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जव...