सोमबार, २२ भदौ २०८३
नेपाली

मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाइने

Main News Image

काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाउने कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यासको घोषणा गरेका मेसीको सम्मानमा एएफएले पुरुष तथा महिला फुटबलका सबै डिभिजनका साथै अन्य विधाका आगामी खेलमा समेत यस्तो कार्यक्रम गर्न निर्देशन दिएको हो ।

३९ वर्षीय मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। यसअघि उनले सन् २०१६ मा पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए। तर, समर्थकको चर्को दबाबपछि उनले निर्णय फिर्ता लिँदै राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।


mediabaaji add

सम्बन्धित खबर

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमण सकेर राजीनामा दिने मुडमा

काठमाडौँ । खेलकुदमन्त्री बलु गुप्ताले अमेरिका भ्रमण सकेर राजीनामा दिने भएका छन् । राजनीतिमा होमिने गरेका मन्त्री गुप्ता अमेरिकाबाट फर्केपछि राजीनामा दिने मुड बनाएका उनीनिकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिका भ्रमण स्वीकृत गरिसके...

फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...

आईपीएल : चेन्नईको सानदार प्रदर्शन, कोलकाता ३२ रनले पराजित

काठमाडौँ । साविक विजेता चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति घरेलु मैदान एम।ए। चिदम्बरम स्टेडियममा भएको रोमान्चक खेलमा चेन्नईले कोलकाता नाइट राइ...