मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

mediabaaji add

सम्बन्धित खबर

बुधबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो तराई भूभागका अ...

पहिरोले नदी थुनिएर नेपालतर्फ फेरि ताल बन्यो, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

काठमाडौँ । नेपालस्थित छोगेन खोला र पुरेपु साङपो नदीको सङ्गमस्थल नजिकै एउटा ठूलो पहिरोजन्य ताल  बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्ममा उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालबाट पानी बाहिर बहन ओभरफ्लो हुन...

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थ...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका...

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अब घरबाटै एनओसी

काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एन...

घट्यो काठमाडौँको न्यूनतम तापक्रम

काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ 

हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...