मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने  सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृ...

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने

काठमाडौँ । सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन ग...

कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, देशका अन्य भागमा यस्तो छ अवस्था

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णा...

आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार पहाडी तथा हिमा...

भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना

काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयास...